विप्लपमाथि आक्रमक बन्दै प्रहरी

बुधबार, ४ मंसिर २०७६

दाङ–प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । मङ्गलबार मात्रै दाङको बबई गाउँपालिका वडा नं २ ट्वाङखोला बस्ने ४८ वर्षीय रणबहादुर वलीलाई पक्राउ गरेको छ ।

सोही ठाउँमा हिँड्डुल गरिरहेको अवस्थामा मङ्गलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।

वली विप्लव नेकपाका जिल्ला कमिटी सदस्यसमेत हुन् । प्रहरीले चार दिनको अवधिमा सो नेकपाका चार नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।