अक्षयको फिल्म ‘गुड न्युज’ ट्रेलर रिलिज(भिडियोसहित)

बुधबार, ४ मंसिर २०७६

एजेन्सी– अभिनेता अक्षय कुमार र करीना कपूर स्टारर सिनेमा ‘गुड न्युज’को ट्रेलरसार्वजवनक भएको छ । आइभिएफ टेक्नोलोजीमा आधारित यस सिनेमामा दिलजित दोसान्झ र कियारा आडवाणीको पनि मुख्य भूमिका रहेको छ । सो फिल्मको ट्रेलर धेरै रोचक बनाइएको छ । यस फिल्मको निर्देशन राज मेहताले गरेका छन् ।

यस फिल्ममाअक्षय–करीना र दिलजित–कियाराको दाम्पत्य जीवन प्रस्तुत गरिएको छ । लामो समय पश्चात पर्दामा देखिन लागेको अक्षय र करीनाको केमेस्ट्री ट्रेलरमा सुन्दर देखिएको छ ।

यो वर्ष अक्षयको करिअर उत्कृष्ट गतिमा छ । तीन सिनेमा रिलिज हुँदा अक्षय वर्षकै सर्वाधिक सफल अभिनेतामा उभिएका छन् । ‘केसरी’, ‘मिसन मंगल’ र ‘हाउसफुल ४’ले ५ सय ५० करोड माथिको व्यापार गरिसकेको छ । उक्त फिल्म डिसेम्बर २७ बाट रिलिज हुँदैछ ।