जनक र निकीताको ‘पियार’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं– गायक जनक ताम्राकारको ‘पियार’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उब्त गीतमा स्वर जनक ताम्राकार र निकीता थापाको रहेको छ । यस गीतमा शब्द संगीत भने संगितकार महेश ताम्राकरको छ ।
यो गीत अहिले चलन चल्तीमा आएका गीत संगीत भन्दा पृथक छ । वर्तमान समयमा गीतमा शब्द चयन सतही भईरहेको अवस्थामा उक्त गीतले सहज तथा गहिरो ढंगले माया प्रेमको बयान गरेको छ । यस गीतको संगीत पनि हृदय स्पर्शी रहेको छ ।
यसअघि गायक जनक ताम्राकारले ‘काफल कम्ला’ , ‘लौ लौ सररर’ लगायत सुपरहिट गीत ल्याइसकेका छन् । यस्तै निकीता थापाले ‘उडायो हावाले’ , ‘रंग’ जस्ता सुपरहिट गीत ल्याइसकेकी छिन् । यस गीतको अभिनयमा जनक र निकीतालाई देख्न सकिन्छ । गीतको भिडीयोग्राफी सन्जिव राईले गरेका हुन् भने एरेन्ज प्रसन परियारले गरेका हुन्।