शहरी विकास राज्यमन्त्री मानन्धरको पहिलो दिन : सचिवलाई दिए यस्तो निर्देशन (फोटो फिचरसहित)

बिहिबार, ५ मंसिर २०७६

काठमाडौं – नवनियुक्त शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले मन्त्रालयका केही सेवा तथा सुविधाहरु नलिने भएका छन् । काठमाडौं ७ बाट प्रत्यक्ष निर्वाचित सांसद मानन्धरले सरकारले उपलव्ध गराउने झण्डावाला गाडी तथा त्यसमा लाग्ने इन्धन र मोविल सेवा नलिने भएका हुन् ।

विहिबार पद तथा गोपनियताको सपथ ग्रहण लगत्तै पदभार ग्रहण गर्ने वेलामा उनले गाडी सुविधा नलिने बताएका हुन् । पदभार ग्रहण गर्दै उनले आफू शहरी विकास राज्यमन्त्री भएपनि राज्यमन्त्रीको काम छैन् भनेर नबस्ने बताए । उनले मन्त्रीलाई सहि सल्लाह, शुभाव र परामर्श दिदै जनताको पक्षमा निर्णय गराउन महत्वपूर्ण भुमिका खेल्ने बताए ।

त्यस्तै, राज्यमन्त्री मानन्धरले नेपालमा रहेका सबै नगरपालिकाहरुलाई शहरी विकास मन्त्रालय मातहतमा राख्नु पर्ने बताएका छन् । उनले शहरी विकास मन्त्रालय मातहतमा नगपालिकाहरु रहदा शहरी विकासका लागि मन्त्रालयले नगरपालिकासँग समन्वय गरेर काम गर्न सहज हुने जिकिर गरे । त्यस्तो खालको निर्णय गराउन आफू भरपुर प्रयास गर्ने बताए ।

दिनभर व्यस्त मानन्धर

राज्यमन्त्री मानन्धर काठमाडौं ७ को आफ्नो निर्वाचन क्षेत्रको कार्यलयमा विहानैदेखि सम्मान थाप्नमा व्यस्त थिए । उनले विहान ६ बजेदेखि १० बजेमा आफ्ना मतदातासँग छलफल गर्दै बधाई थापिरहेका थिए । राज्यमन्त्री बनेको खुशियाली आफ्ना मतदातासँग साटेका थिए ।

११ बजे राष्ट्रपति कार्यलय सितल निवासमा सपथ ग्रहण गर्न पुगेका मानन्धर सदथ ग्रहण लगत्तै लैनचौरमा रहेको सहिदपार्कमा गएर सहिदहरुलाई माल्र्यापर्ण गरेका थिए । त्यपछि शहरी विकास मन्त्रालयमा आएर पदभार ग्रहण गरेका उनले लगत्तै मन्त्रालयका कर्मचारीहरुसँग परिचयात्मक कार्यक्रमसहित केही निर्देशन दिएका थिए । उनले कर्मचारीहरुलाई निर्धक्क भएर देशकै लागि काम गर्न आग्रह गदै सचिवलाई एक हप्ताभित्र सबै कर्मचारीहरुको विवरण उपलव्ध गराउन निर्देशन दिएका थिए ।

त्यसपछि उनी सिधै पुष्पलालको सालिकमा माल्र्यापर्ण गर्न विष्णुमति खोलाको किनारमा पुगेका थिए । त्यसपछि घरमै गएर सगुन ग्रहण गरेका उनी वेलुका पाँच बजे मन्त्रीपरिषद बैठकमा सहभागि भएका थिए ।

फोटोमा हेर्नुहोस उनका दिनभरका गतिविधि ।