मन्त्रीहरुलाई रात्रीभोज
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई भोज दिएका छन् । मन्त्रीपरिषद् पुनर्गठन गरेपछि नयाँ तथा पुराना मन्त्रीहरुलाई सपरिवार शनिबार रात्रीभोज दिएका हुन् ।
भोजमा समाजवादी पार्टीका मन्त्रीबाहेक प्रायः सबै मन्त्री गएका थिए । प्रधानमन्त्री ओलीले गएको बुधबार बेलुका मन्त्रीपरिषदमा हेरफेर गरेका थिए ।
प्रधानमन्त्रीले पारिवारिक रुपमा पनि भेटघाट गर्नका लागि बोलाएको बालुवाटारले जनाएको छ ।र, रात्रीभोज अनौपचारिक भेटघाट रहेको पनि जनाइएको छ ।