१ किलो सुनसहित २ महिला पक्राउ

सोमबार, ९ मंसिर २०७६

रसुवा– नेपाल–नाका रसुवागढीबाट २ जना महिला करिब १ किलो सुनसहित पक्राउ परेका छन् । भन्सार चेकजाँचका लागि खटिएको प्रहरीको टोलीले रसुवाबाट नेपाल सुन भित्र्याउँदै गरेको अवस्थामा २ जना महिलालाई पक्राउ गरेको हो ।

पक्राउ परेका महिलाहरुको पहिचान भने खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय रसुवाले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी बरामद सुनबारे जानकारी दिइने जनाएको छ ।

महिलाहरुको साथबाट ६ डल्ला सुन बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको सुन जोख्दा करिब १ किलो बराबर भएको जनाइएको छ ।