प्रेरक प्रसंगः समस्याबाट मुक्ति पाउँन कसरी गर्ने सङ्घर्ष ?

बुधबार, ११ मंसिर २०७६

काठमाडौं–मैले सुनेको छु–एक फकीर नदीकिनारमा आफ्नो केही शिष्यहरुसँगै बसिरहेका थिए ।

जाडोको समय थियो । फकीर काँपिरहेको थिए । त्यत्तिकैमा उनीहरुले नदीमा एउटा कम्बल बग्दै आइरहेको देखे ।

शिष्यहरुले अचम्म मानदै फकीरसँग भने– “कम्बल ! तपाई चिसोले काँपिरहनुभएको छ, नदीभित्र पसेर कम्बल किन ल्याउनु हुन्न ?”

फकीर नदीभित्र पसे, तर त्यो कम्बल थिएन । एउटा भालु थियो । भालु टाउको लुकाएर पानीमा बग्दै आइरहेको थियो । बाहिरबाट हेर्दा कम्बलजस्तो देखिएको थियो ।

फकीरले भालुलाई समाते । तत्कालै उनले थाहा पाए, उनले भालुलाई होइन भालुले उनलाई समातेको थियो । अब उनी भालुसँगै बग्न थाले ।

उनका शिष्यहरुको कम्बल गह्रौँ भएकाले गुरु सँगसँगै बगेको भन्ने सोचे ।

उनीहरुले चिच्याउँदै भने – “तपाई किन बग्नुभएको ? यदि कम्बल गह्रौँ छ र ल्याउन सक्नु हुन्न भने छाडिदिनुहोस् ।”

फकीरले नदिभित्रैबाट जवाफ दिए– “अब छोड्न गाह्रो छ । कम्बलले मलाई समातेको छ, मैले समातेको छैन । म त छोड्ने प्रयउास गरिरहेको छु ।”

तपाईसामु जति पनि समस्या छन्, तप् तपाईले नै सुमातेका हुन् । तिनीहरु मुर्दा होइनन् । तिनलाई तपाईले जीवन दिनुभएको छ । गोडमेल गर्नुभएको छ । ती अब कम्बलजस्ता छैनन्, भालुजस्तो भइसकेका छन् ।

समस्यमहरुमा तपाईले आफ्नो प्राण हर्पित गर्नुभएको छ । बिस्तारैबिस्तारै समातेर निकाल्नुभयो भने ती निस्कनेछन् ।निष्प्राण हुनेछन् ।

हतार गर्दैमा तिनलाई हटाउन सकिँदैन, निकाल्न सकिँदैन । समय लाग्नेछ । त्यसैले जसमा हिम्मत छ सङ्घर्ष जारी राख्ने, उनीहरु नै समस्याबाट मुक्त हुन सक्छन् ।