प्रेरक प्रसंगः परमात्माको महान् भक्त परमात्मासँगै क्रोधित भएपछि…

बिहिबार, १२ मंसिर २०७६

काठमाडौं–एउटा बुढो मानिस थिए । महान भक्त थिए । एक दिन उनी परमात्माप्रति निकै क्रोधित भए ।

बिहानको आफ्नो प्रार्थनामा उनले परमात्मासँग गुनासो पोखेँ–‘मलाई तपाईसित केही भन्नु छ । अब त अति नै भयो । तपाइलाई खेतीको ‘अ व स’ को बारेमा थाहा छैन । जब वर्षा आवश्यक हुन्छ त्यसबेला वर्षा हुँदैन । जब आवश्यक हुदैन तपाइँ वर्षा गराउनुहुन्छ । यो तपाइँको कस्तो अबुझपन हो ? यदि तपाइँलाई खेतीको बारेमा थाहा छैन भने मलाइ सोध्नुभएको भए हुन्थ्यो । मैले मेरो पुरै जीवन कृषिमै बिताएको छु । मलाइ एउटा मौका दिनुहोस् । अबको वर्षाको बारेमा निर्णय मलाईृ दिनुहोस् । त्यसपछि हेर्नुहोस् मेरो कला !’

परमात्माले बुढो मानिस भने–‘ठीकै छ । यसपटकको वर्षा गर्ने जिम्मा तिम्रै भयो ।’

बुढो किसानकै सोचअनुसार वर्षा भयो । उनी अति खुसी भए जब उनलाई सूर्यको आवश्यकता हुन्थ्यो । सूर्य उदाउँथ्यो । जब उनलाई वर्षाको आवश्यकता हुन्थ्यो । वर्षा गराउँथे । उनले चाहेकै समयमा बादल देखिन्थ्यो । यसरी उनले ती सबै खतरालाई टाले जुन उनका बालीका लागि खतरानक हुन सक्थ्यो ।

आँधी आएन । बालीका लागि कुनै पनि खालको नोक्सानको सम्भावना नै रहेन । उनले लगाएको गहुँ यसरी बढ्न थाल्यो त्यस बेलासम्म त्यत्ति राम्रो गहुँ कहिल्यै भएको थिएन । उनी आफ्नो उपलब्धिका बारेमा परमात्मालाई सुनाउने सुर कसिरहेका थिए ।

बाली काटियो । बुढो किसान अप्ठ्यारोमा परे । गहुँ खासै फलेको थिएन । बोटमात्र ठुला थिए । बोट हेर्दा सामान्य बेलाको गहुँभन्दा चार गुणा धेरै फल्नुपथ्याे ।

अचानक किसानले बादलबाट हाँसोको आवाज सुने ।

परमात्माले हाँस्दै भने–‘अब तिमी के गर्नेछौ ?’

किसानले जवाफ फर्काए–‘ मलाइ अचम्म लागिरहेको छ यस्तो हुने सम्भावना अलिकति पनि थिएन । मैले राम्रोसँग याद गरेर सोही अनुसारको मौसम बनाएको थिएँ । बिरुवा राम्रोसँग हुर्किरहेको थियो । बोट हरिया र सुन्दर थियो । तैपनि मेरो गहुँलाई के भयो ?’

परमात्माले भने–‘ किनभने तिमीले सबै चुनौतिलाई टालिदिएका थियौ । यस्तो अवस्थामा गहुँ बिकसित हुन असम्भव थियो । यिनलाई चुनौतिको आवश्यकता हुन्छ ।