प्रेरक प्रसंगः बुद्ध नबोले पछि बुद्धको चरणमा देवता ब्रम्हा

आइतबार, २२ मंसिर २०७६

काठमाडौं–महावीरको जीवनमा एकदमै प्रिय कुरा उल्लेख छ । कथा नै होला चर पनि निकै बहुमूल्य र सार्थक छ । कहिलेकाँही कथाको सत्य जीवनको सत्यभन्दा पनि ठूलो अनुभव हुन्छ ।

भनिन्छ, महावीरले पहिलोपटक प्रवचन दिँदा आफ्नो सत्यका बारेमा बताउँदा देवताबाहेक उनलाई सुन्न कोही पनि थिएन ।

अरु आउँथे पनि कसरी र ? उनको उद्घोषण निकै उच्च खालको थियो । उनको गन्ध नै यस्तो थियो जसलाई देवताहरुले मात्रै थाहा पाउन सके होलान् । यदि कहिँ कतै देवता छन् भने पक्का पनि उनीहरु नै सुन्न आए होलान् ।

देवताहरुले महावीरलाई सम्झाए–‘तपाइँ यस्तो तरिकाले बताउनुहोस् जसलाई मनुष्यले पनि बुझ्न सकोस् । तपाइँ मनुष्यको भाषामा व्यक्त गर्नुहोस् ।’

महावीरले आफ्नो पहिलो सम्बोधनमा के भनेका थिए भन्ने कुरा कसैलाई पनि थाहा छैन । त्यो शुद्ध अध्यात्म थियो होला तर त्यसको आधारमा जैन धर्म बनेन । जैन धर्म त्यस बेला बन्यो जब महावीरले मानिसले बुझ्न सक्ने भाषामा बोले । सबैले बुझ्ने भाषा महावीरभित्र हुन सक्दैन ।

वुद्ध जब ज्ञान प्राप्त गरे र उनी चुप लागेर बसे । उनलाई लाग्यो–‘बोल्नु बेकार छ कसले बुझ्न सक्नेछ यो कुरा ? बाड्न ब्यर्थ छ । मैले सुन बाड्नेछु मानिसहरुले त्यसलाई पित्तल सम्झनेछन् । मैले हस्रा बाड्नेछु मानिसहरुले त्यसलाई ढुंगा सम्झिनेछन् । फ्याकिदिनेछन् ।’ बुद्ध सात दिनसम्म चुप रहे । केही नबोलीकन बसे ।

कथाले भन्छ–‘ बुद्धले नबोलेपछि स्वर्गबाट देवता आए । ब्रम्हा आफैं आए । उनले बुद्धको चरणामा शिर राख्दै अनुरोध गरे–‘ यस्तो अनौठो घटना शताब्दीऔंमा कहिलेकाँही मात्रै घट्छ । तपाइँले भन्नुहोस् मानिसहरुले बुझून् या नबुझून् सायद कसैले बुझ्न पनि सक्छ । सायद कसैले थोरै भए पनि बुझ्न सक्छ ।’

यदि कसैको बुझाइँमा एउटा किरणमात्रै आयो भने पनि धेरै हुनेछ । एउटै किरणको सहयोगमा सूर्यसम्म जान सकिन्छ ।