अनमोलले पाए ‘स्टार अफ द इयर’ अवार्ड
काठमाडौं –अमेरिकामा सम्पन्न भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अनमोलले ‘स्टार अफ द इयर’ को अवार्ड जितेका छन् । उनले अवार्ड जितेको तस्वीरहरु सामाजिक सञ्जालमा पनि अपलोड गरेका छन् ।
अमेरिकामा भएको अवार्ड कार्यक्रममा राजेश हमाल, भुवन केसी, नायिका नम्रता श्रेष्ठ, स्वेता खड्का, दीपिका प्रसाईं लगायत अमेरिका गएका छन् ।
अवार्ड कार्यक्रमका लागि अमेरिका पुगेका धेरैले अवार्ड हात पारेका छन् । नायिका नम्रता श्रेष्ठले पनि अवार्ड जितेकी छिन् । उनले पनि अनकोल र भुवन केसीसँगको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।