सचिवालयको बैठक प्रचण्डको अध्यक्षतामा
काठमाडौं–नेकपाको ‘कार्यकारी’अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले पाएपछिको पहिलो बैठक शुरु भएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको हो ।
बैठकमा प्रधानन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना, मंसिर १४ गते भएको उपनिवार्चनको मतपरिणामको समीक्षालगायत समसामयिक राजनीतिक विषयबारे छलफल हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमा रहेकाले बैठकमा सहभागी छैन् । सचिवालय सदस्यहरू झलनाथ खनाल र ईश्वर पोखरेल पनि काठमाडौंबाहिर भएकाले अनुपस्थित छन् ।