ग्लोबल बैंकसँगै जनता बैक ३० घण्टा बन्द हुँदै

बुधबार, १८ मंसिर २०७६

काठमाडौं– ग्लोबल आइएमइ बैंक र जनता र्बैक ३० घण्टा बन्द हुने भएको छ । जनता र ग्लोबल आइएमइ बैंक आज साँझ ६ बजेदेखि भोलि राति १२ बजेसम्म बन्द हुनेछ ।

दुबै बैंकको एटिएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङदेखि शाखारहित बैंकिङ सेवासम्म बन्द हुने छ । दुई बैंकले एकीकृत कारोबार गर्न लागेकाले बन्द हुने भएको हो । ग्लोबलसँगै जनता बैंकको सेवा पनि बन्द हुने छ ।

मंसिर २० गतेबाट एकीकृत कारोबार सुरु हुँदैछ। त्यही दिनबाट कारोबार सुचारु हुने छ ।