कोहलपुर घटना अपडेट : घाइते विद्यार्थीलाई काठमाडौं ल्याइयो, कोहलपुरमा कर्फ्यु

आइतबार, २२ मंसिर २०७६

काठमाडौं – आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट घाइते भएकी प्रकृति चन्दलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की चन्दलाई नेपालगञ्जमा उपचार असम्भव भएपछि उनलाईै काठमाडौं ल्याइएको हो ।

घटनापछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका थिए । केही समय तनाव ग्रस्थ रहेको कोहपुरमा कर्फ्यु लगाउने तयारी भइरहेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा दिन खोज्दा इलाका प्रहरी कार्यलयका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका थिए । त्यस क्रममा प्रहरीले हवाई फायर समेत गरेको थियो ।

त्यहाँको अवस्था नियन्त्रण बाहिर रहेकाले कर्फ्यु लगाउन परेको काँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताएका छन् ।