सरकारको विरुद्धमा ८ लाख जनता सडकमा
एजेन्सी – हङकङमा सरकार विरोधी प्रदर्शन चर्किएको छ । त्यहाँ निकालिको र्यालीमा करीब ८ लाख जनताको सहभागिता रहेको बताइएको छ । तर प्रहरीले भने १ लाख ८३ हजार मानिसले प्रदर्शनमा भाग लिएको बताएको बीबीसीले जनाएको छ ।
र्याली अघि प्रहरीले छापा मारेर ११ जनालाई गिरफ्तार गरेको थियो र एक हातेगत फेला पारेको दाबी गरेको थियो । एक विवादित सुपुर्दकी विधेयकलाई लिएर गत जुन महिनामा यहाँ प्रदर्शन शुरु भएको थियो र पछि यो सरकार विरोधी प्रदर्शनमा परिवर्तन भएको थियो ।
शनिवार सरकारले एक विज्ञप्ति जारी गर्दै शान्ति कायर गर्न अपिल गरेको थियो र भनेको थियो कि उसले सहानुभूतिका साथ मानिसका कुरा सुन्ने र आलोचना स्वीकार गर्ने जनाएको थियो ।
- Pro-democracy protesters march on a street in Hong Kong, Sunday, Dec. 8, 2019. Marchers are again expected to fill Hong Kong streets Sunday in a rally that will test the enduring appeal of an anti-government movement marking a half year of demonstrations. (AP Photo/Vincent Thian)
