को सँग गरिन त नायिका ऋचा शर्माले विवाह ?

सोमबार, २३ मंसिर २०७६

अभिनेत्री ऋचा शर्मा मंसिर २१ गते वैवाहिक जीवनमा प्रवेश गरीन्। उनले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी हुन् । उनको विवाह काठमाडौँमा भयो। आफन्त र केही सिनेकर्मीको उपस्थितिमा विवाह भएको हो। दुई वर्षदेखिको ऋचा र दिपेक्षको प्रेम वैवाहिक सम्बन्धमा परिणत भएको हो।

उनले विवाहका केही तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन्। पहिलो पल्ट सार्वजनिक भएको उनको फोटोमा ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’ भन्दै आशिर्वाद मागेकी छन्।