प्रेस काउन्सिलमा ठुलो भष्ट्राचार, पत्रकारहरु आन्दोलित

मंगलबार, २४ मंसिर २०७६

काठमाडौं – नेपालका मिडियाहरुलाई नियमन र अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपालमा ठुलो भष्ट्राचार भएको भन्दै पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकारहरुले विभिन्न खालका कार्यक्रमहरु गर्दै काउन्सिल भित्रको भष्ट्राचारको प्रदाफास गरिरहेका छन् ।

पत्रकारहरुले काउन्सिलमा भएको भ्रष्टाचार तथा अनियमितताको छानबिन गर्न एउटा आयोग गठनको मागसमेत गरेका छन् । काउन्सिलको बजेट व्यापक दुरुपयोग गरिएको, आचारसंहिता गोष्ठिको नाममा वार्षिक करोडौं भ्रष्टाचार गरिएको र पत्रिका वर्गिकरण गर्दासमेत काउन्सिलका पदाधिकारीहरुले पत्रकारहरुसँग खसी, बोका तथा चामल उपहार लिएको र त्यही आधारमा वर्गिकरण गरिएको पत्रकारहरुको आरोप छ ।

पत्रकारहरुले काउन्सिलमा नक्कली बिल बनाएरसमेत अनियमितता हुने गरेको आरोप लगाएका छन् । प्रेस काउन्सिल नेपाल विगत लामो समयदेखि अध्यक्षविहिन भएकाले तत्कालै उच्च नैतिकतावान व्यक्ति नियुक्त गर्न पत्ररकाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

हालै प्रेस काउन्सिलले गरेका पत्र पत्रिका वर्गिकरणमासमेत काठमाडौं र जिल्लाभरीका पत्रिकारलाई विभेद गरिएको भन्दै विरोध जनाइएको छ ।काउन्सिलविरुद्ध पत्रकारहरुले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाईसमेत ज्ञापनपत्र बुझाइसकेका छन् ।