एनआइसी एसिया बैंकमा जागिर खाने सोचमा हुनुहुन्छ ? पख्नुहोस…! फस्नुहोला
काठमाडौं – ‘विहान ९ बजे बैंकमा हाजीर हुनपर्छ । कामको चाप धेरे भएको वेलामा वेलुका ८ बजेसम्म छुट्टी पाईंदैन । सामान्य अवस्थामा ७ बजे छुट्टी हुन्छ । विहानदेखि वेलुकासम्म १० देखि ११ घण्टासम्म खट्नुपर्छ । ओभर टाइमको त कुरै छोडौं वेलुकाको समयमा घर जानलाई पनि गाह्रो छ । के गर्ने दाई जागीर खानैपर्छ ? गाह्रो छ यो बैंकमा काम गर्न त ।’
माथिको विलौना थियो एनआइसी एसिया बैंकमा कार्यरत एक महिला कर्मचारीको । वेलुका अवेरसम्म खुल्ने एनआइसी एसिया बैंकका कर्मचारीहरुले अतिकति नजिक भएर के छ ? भन्ने विक्तिकै सुनिने विलौना हो यो । काठमाडौंमा रहेको केन्द्रीय कार्यलय थापाथली, न्युरोड, कमलादी, नयाँ बानेश्वर र उपत्यका बाहिरका अवेरसम्म खुल्ने शाखामा काम गर्ने कर्मचारीको हरेक दिन २ घण्टाका दरले बैंकले कर्मचारीको श्रम शोषण गर्दै आएको छ ।
उनीहरु विहान ९ बजेदेखि वेलुका ७ बजेसम्म दैनिक १० घण्टा काम गर्न बाध्य छन् । नियम अनुसार कुनैपनि संस्थामा कार्यरत कर्मचारीहरुलाई ८ घण्टा बाहेक काममा लगाउनु गैरकानुनी कार्य हो । यदी लगाएको खण्डमा नियमित पाउँदै आएको तलवको डेढि अर्थात तलवमा आधा तलव थपेर अतिरिक्त श्रमको मुल्य दिनुपर्ने हुन्छ । तर एनआइसी एसिया बैंकले बैंकमा कार्यरत कर्मचारीहरुमाथि दैनिक २ घण्टा श्रम शोषण गर्दै आएको छ ।
कुरा त्यति मात्र हैन् शनिवार र विदाको दिनमा पनि काम गरेको सेवा सुविधा बैकले नदिने गरेको एक कर्मचारीले मोटिभेट न्युजलाई बताए । उनले आफूहरुलाई तर्साएर बैंकका हाकिमहरुले जागीर खाइदिने धम्कीसम्म दिने दुःखेसो पोखे ।
ति महिला कर्मचारीले भनिन्, ‘एनआइसी एसिया बैंकले दिनहुुँ १२ घन्टा ओभर टाइमविना र प्राय हरेक शनिवार र अरु छुट्टिको दिन पनि काम गराउँछ । हामीलाई दिनहुँ जागिरबाट निकालिदिने धम्की आउँछ । के गर्नु बाँच्नका लागि काम गर्न बाध्य छौं ।’
के छ ऐनमा ?
श्रम ऐन २०७४ ले नेपालमा काम गर्ने श्रमिकहरुका लागि विशेष अधिकारको व्यवस्था गरेको छ । ऐनमा भएको व्यवस्था अनुसार कुनैपनि संस्थाले दिनमा ८ घण्टा र हप्तामा ४८ घन्टा भन्दा बढि काममा लगाउँन पाईंदैन् । कर्मचारीको खुशि अनुसार सम्बन्धीत संस्थाले ओभर टाइमका लागि कर्मचारीलाई खटाउन सक्छ । आफ्नो नियुक्ति वेगर गरेको अतिरिक्त कामको ज्याला नियमित तलवको भन्दा डेढि कर्मचारीलाई उपलव्ध गराउनु पर्ने हुन्छ । तर एनआइसी एसिया बैंकले कर्मचारीमाथि आफ्नो दादागीरी देखाउँदै नियम विपरित कर्मचारीहरुको श्रम शोषण गरिरहेको छ ।
श्रम ऐन २०७४ को परिच्छेद ७ को दफा २८ उपदफा १ मा श्रमिकलाई दिनमा ८ घण्टा र हप्तामा ४८ घण्टा भन्दा बढि समय हुने गरि काममा लगाउन नपाइने व्यवस्या छ । उपदफा २ मा श्रमिकलाई प्रति पाँच घण्टाको अवधिका आधा घण्टा आरामको व्यवस्था गरिनुपर्ने उल्लेख छ । तर एनआइसी एसिया बैंकले खाजा खानका लागि पनि समय नछुट्याएको कर्मचारीको गुनासो छ । एक कर्मचारीले भने, ‘हामीलाई खाजा खाने समयपनि हुँदैन् काम गर्ने टेवुलमै खाजा आउँछ । खाँदै काम गर्दै गर्नुपर्छ ।’
त्यस्तै, ऐनको दफा २९ मा बढि समय काम गर्न बाध्य पार्न नहुने उल्लेख गरिएको छ । दफा ३० मा यदि काम गर्नैपरे दिनमा ४ घण्टा अतिरित्त श्रमको मुल्यसहित काममा लगाउन पाइने व्यवस्था छ । एनआइसी एसिया बैंकले ऐनमा भएको व्यवस्थालाई वेवास्था गर्दै आफ्ना कर्मचारीलाई नियम विपरित काममा लगाइरहेको छ ।
बैंकले झुट बोल्यो
एनआइसी एसिया बैंकमा यस विषयमा बुझ्न खोज्दा बैकले अतिरिक्त श्रमको मुल्य दिएको दावि गर्दै झुट बोलेको छ । बैंकले हरेक कार्यलयमा काम गर्ने कर्मचारीहरुले अतिरिक्त श्रमको मुल्य पाएको दावि गर्दै समचार नलेख्न आग्रह गरेको छ । मोटिभेट न्युजको सम्पर्कमा आएका बैंकका माथिल्लो तहका एक कर्मचारीले भने, ‘आवस्यकता अनुसार कर्मचारीलाई अतिरिक्त श्रमको मुल्य दिएको भौचर उपलव्ध गराउन तयार छौं तर समचार नलेखिदिनुहोस् ।’
बैंकले श्रम शोषण नगरेको दावि गरेपछि हरेक दिन २ घण्टा श्रण शोषण भएको भन्दै कर्मचारीले गुनासो गरेका छन् । मोटिभेट न्युजको सम्पर्कमा आएका एक कर्मचारीले आफ्नो नाम गोप्य राखिदिनसमेत आग्रह गरेका छन् ।
यो पनि पढ्नुहोस
१) एनआइसी एसिया बैंकमा खाता खोल्दै हुनुहुन्छ ? पख्नुहोस्…! यसरी फसाउँछ बैंकले
२) एनआइसी एसिया बैंक विरुद्ध राजश्व अनुसन्धान विभागमा उजुरी
३) एनआइसी एसिया बैंकको घिन लाग्दो सर्भिस, सामाजिक संजालमा पोखियो विलौना !
४) एनआइसी एसिया बैंक मार्फत डिम्याट खाता खोल्दै हुनुहुन्छ ? पख्नुहोस्… यसरी समय बर्बाद बनाइदिन्छ
५) एनआइसी एसीया बैंकको कालो कर्तुत बाहिरियो, होसियार ! यसरी फसाउँछ बैंकले