रंगशाला भित्र भन्दा बाहिर फ़ुटबल हेर्नेको घुईचो

मंगलबार, २४ मंसिर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनलमा नेपालले भुटानलाई २ – १ गोलअन्तरले पराजित गरेको छ।दशरथ रंगशालामा भएको खेलका लागि ८ हजार दर्शन पुगेका थिए। अन्य ४ हजार भिआइपी र खेलाडीले पनि खेल हेरेका थिए। तर खेल हेर्न टिकट नपाएका समर्थकले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको स्क्रिनमा खेल हेरेका छन्। खेल हेर्न समर्थकको भीड उर्लिएको थियो।समर्थकले फुटबल हेर्न सडक नै कब्जा गरेका थिए । सडकमै दर्शक बसेपछि अहिले सडक समेत अवरूद्ध भएको थियो।