प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गम्भिर समस्या, फेरी अस्पताल भर्ना

मंगलबार, २४ मंसिर २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली फेरी अस्वस्थ भएका छन् । मंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि ओलीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसमार मंगलबार दिउँसो नै उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अपराह्न मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयू खाली गर्न लगाइएको थियो ।

मंगलबार अस्पताल पुगेका प्रधानमन्त्री ओलीका आईसीयूमै राखेर उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ । चिकित्सकका अनुसमार सम्भवतः मंगलबार नै प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिनेछ ।