प्रधानमन्त्रीलाई इन्फेक्सन, आइसियुमा उपचार हुँदै

मंगलबार, २४ मंसिर २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्फेक्सनको आशंका गरिएको छ । उनलाई इन्फेक्सनको आशंका गरिएपछि सलाइन र इन्टिबायोटिक चलाइएको छ चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार वेलुका महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको छ । उनलाई मनमोहनको दोस्रो तलामा राखिएको अस्पताल स्रोतले बतायो । १० दिनको उपचारपछि सरकारी निवास बालुवाटार फर्किएका ओलीलाई डिस्चार्ज भएको छैटौँ दिन पुनः मनमोहन लगिएको हो।

स्रोतका अनुसार मनमोहनमा प्रधानमन्त्री ओलीको नियमित गरिँदै आएको मिर्गौलाको डायलासिस गरिँदै छ । यसअघि प्रधानमन्त्री ओलीले १३औँ दक्षिण एसियाली खेलकुदको समापन समारोहमा भिडियो सन्देशमार्फत सन्देश दिएका थिए। भिडियो सन्देशमार्फत सागले यस क्षेत्रका राष्ट्रबीच आझै बढाएको बताएका थिए। साथै उनले खेलाडी र आयोजकलाई बधाइ दिएका थिए।