गृह मन्त्रालय: भोलि सार्वजनिक बिदा दिने निर्णय भइसकेको छैन
काठमाडौं । सरकारले बिहीबार देशभर सार्वजनिक बिदा नभएको जनाएको छ । मंसिर पूर्णिमामा उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हि परेकोले सार्वजनिक बिदा दिन सरकारसँग प्रस्ताव गरिएको थियो ।
सो विषयमा केहि सचार माध्यमहरुले बिहीबार सार्वजनिक बिदा भएको समाचार प्रकाशित गरेका थिए । तर गृह मन्त्रालयका प्रवक्त केदारनाथ शर्माले सार्वजनिक बिदा दिने नभइसकेको जानकारी दिए ।
‘भोलि ९बिहीबार० सार्वजनिक बिदा दिने बारे कुनै जानकारी छैन, मन्त्रालयले पनि कुनै निर्णय गरिसकेको छैन,’ शर्माले भने, ‘अहिले केही भन्न सकिन्न ।’