राजसंस्था स्थापनाका लागि राष्ट्रिय महाअभियन सुरु हुँदै

बिहिबार, २६ मंसिर २०७६

काठमाडौं – राजतन्त्र ल्याउनका लागि शाही युवा शक्ति नेपालले ‘राजसंस्था स्थापनाका लागि राष्ट्रिय महाअभियान’ सुरु गर्ने भएको छ । पौष १ गते परेको पूर्वराजा महेन्द्र शाहको स्मृति दिवसको अवसर पारेर शाही युवा शक्ति नेपालले यो अभियान चलाउने भएको हो ।

गणतन्त्रको नाममा नेपालमा भष्ट्राचार बढेको, जनजिविकाका सवालहरुमा सरकार असफल भएको तथा नेताहरुको मनमर्जि चलेकाले नेपालमा राजा चाहिएको शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले बताए । नेपालको राष्ट्रियता, अखण्डता र सार्वभौमतामा बैदेशिक हस्तक्षप पनि बढेको भन्दै यसको अन्त्यका लागि नेपालमा राजा चाहिएको उनको भनाई छ ।

आज दिउसो १ः३० सम्बाद चौतारीमा यो अभियान सुरु गर्नुको कारणबारे विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।