प्रेरक प्रसंगः माछाको दुर्गन्धले दिलाएको सफलता
काठमाडौं–एक जना महिला हरेकदिन माछा बेच्न जाने गर्थिन् । एक दिन उनले एक पुरानो साथी भेटिन् जसले कसैकहाँ बगैंचा हेरचार गर्ने काम गर्थिन् ।
मालिनीले उनीसँग अनुरोध गरिन्–‘आज राती मेरो घरमा बस । धेरै दिन देखि हाम्रो भेट भएको छैन । धेरै कुरा गरौंला ।’उनले हुन्छ भनिन् ।
राति मालिनीले उनका लागि बेलीको सुगन्ध आउने ठाउँमा ओछ्यान लगाइदिइन् । तैपनि माछा बेच्ने महिला राम्रोसँग निदाउन सकिनन् । उनलाई बेलीको सुगन्धको बानी थिएन ।
आधा रात बितेपछि मालिनीले सोधिन्–‘तिमी सुत्नै सकिनौ जस्तो छ केही समस्या पर्योे कि क्याहो ?’
उनले भनिन्–‘ खासै समस्या छैन । मलाइ मेरो टोकरी देऊ । त्यसमा थोरै पानी छर्किदेउ किनभने माछाको गन्धबिना म सुत्न सक्तिन बेलीको सुगन्धले मलाइ छटपट भइरहेको छ ।’
मालिनीलाई यो कुरामा विश्वास लागेन । माछाको गन्ध, गन्ध भन्नु ठीक हुँदैन दुर्गन्ध !
तैपनि उनले टोकरी ल्याएर दिइन् र त्यसमा अलिकति पानी छर्किदिइन् ।
माछा बेच्ने महिलाले माछा प्याक गरेर लगेको कपडा भिजाइन् र सिरानीमै राखेर सुतिन् । केही समयपछि उनी निदाइन् ।
सायद पृथ्वीमा रहनेहरुको अवस्था यस्तै हुन्छ होला ।
बृद्धलाई मानिसहरुले ढुंगा प्रहार गरे । उनीहरुलाई बुद्धबाट दुर्गन्ध आयो होला । महावीरलाई मानिसहरुले सताए । उनीहरुलाई पनि सुगन्ध आएन होला नत्रभने त पुज्ने थिएनि ।जिससलाई सुलीमा झुड्याइयो ।
हामी कुनै यस्तो बस्तीमा रहने मानिस हौं जहाँ माछाको दुर्गन्धबाट हामीलाई सुगन्ध प्राप्त हुन्छ ।
हामी जिससलाई सुलीमा झुन्डयाउँछौं । सुकरातलाई विष पिलाउँछौं । बुद्धमाथि ढुंगा प्रहार गर्छो । महावीरको अपमान गर्छौं । हामीलाई उनीहरुको सुगन्ध । सुगन्ध जस्तो लाग्दैन । उनीहरुको हुनुले हामीलाई छटपट् गराइदिन्छ । उनीहरु हुनुमा हामीलाई अप्ठ्यारो अनुभव हुन्छ ।