भण्डारी बने नेपाल जर्निको अध्यक्ष

बिहिबार, २६ मंसिर २०७६

काठमाडौँ – नेपाल जर्निको अध्यक्षमा गोपाल भण्डारी सर्बसम्मत निर्वाचित भएका छन् । मंगलबार सेभेन सिजन लन्जमा आयोजना गरीएको साधारण सभा मार्फत नयाँ कार्य समिति चयन गरीएको हो ।

उक्त कार्यक्रम नेपाल जर्निको सस्थापक, अध्यक्ष मौषमी श्रेष्ठको अध्यक्ष्यता तथा अन्य सदस्य सल्लाहकारहरुको उपस्थितिमा सम्पन्न भएको थियो । नयाँ कार्य समितिमा अध्यक्ष भण्डारीसहित उपाध्यक्ष प्रकाश सिग्देल र जसुदा कार्की, महासचिब सुनिल पौडेल, सचिब पुजा भुषाल, कोषाध्यक्ष प्रकाश थापा सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा नबिन श्रेष्ठ, शिब शरण शाही, रबिन शर्मा, आस्था पौडेल,मुरली गजुरेल रहेका छन । संस्थाको सस्थापक अध्यक्ष मौषमी श्रेष्ठ, संरक्षक मोहन भट्टराई र सल्लाहकारहरुमा गणेश श्रेष्ठ, केशब पुरी, नरेश ध्वज श्रेष्ठ रहेका छन ।

अमेरिकामा स्थापना गरीएको सामाजिक कार्यमा निकै सक्रिय संस्था नेपालमा पनि अहिले चितवनमा दर्ता भई सेवा गरिरहेको छ । सामाजिक कार्यम निकै अगाडी रहेको यो सस्थाले चितवन तथा देशका बिभिन्न ठाउँका शैक्षिक संस्था र निम्न बर्गका बालबालिकाको हितमा काम गर्दै आएको छ।

चितवनका बिकट ठाउँमा पुस्तकालय निर्मान तथा शैक्षिक सामाग्री बितरण गर्दै निकै नै सामाजिक रुपमा टेवा पुर्याउदै आएको यस सस्थाले प्रबाशमा रहेका सहयोगी मनहरुबाट सहयोग संकलन गरी हरेक बेला पर्ने बिपत तथा पिडितको मलम बनि रहेको छ ।

बिभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरुको सहकार्यमा चलेको यो सस्था अब देशका बिभिन्न ठाउँमा पुस्तकालय निर्मान तथा शिक्षाबाट बन्चित बालबालिकाको उद्दार गरी अगाडि बढने आगामी लक्ष्य रहेको छ ।नेपाल तथा विदेशमा रहेर पनि एकता भई अहिले निरन्तर सामाजिक कार्य संगै समाज परिबर्तनमा यो सस्थाले निकै योगदान पुर्याउदै आएको छ।