फेकन फुटसल प्रतियोगिताको फाइनल भोली

शुक्रबार, २७ मंसिर २०७६

काठमाडौं – विविध कारणले बन्द भएको स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को फुटसल प्रतियोगिता फेरी सुरु हुने भएको छ । सामान्य विवादका कारण स्थगित भएको फुटसल प्रतियोगिताका बाँकी खेलहरु भोली (शनिवार) पुनः सुरु हुने आयोजकले जनाएको छ ।

शनिवार विहान ११ बजेदेखि सेमिफाइनलका खेलहरु सुरु हुने फुटसल प्रतियोगिता आयोजक कमिटिका संयोजक उमेश कुश्वारले बताए । ‘खुशि रहु, स्वस्थ रहुँ’ भन्ने नाराका साथ भदौ ६ गतेदेखि सुरु भएको प्रतियोगिता सामान्य विवादका कारण स्थगित भएको थिया । १० टिमको सहभागिता रहेको प्रतियोगिता भोली नै समापन हुनेछ ।

फेकनका सदस्य तथा फुटसल प्रतियोगीताका संयोजक उमेश कुश्वारका अनुसार प्रतियोगीतामा प्रथम, दृतिय, तृतिय तथा उत्कृष्ट खेलाडी र सबैभन्दा धेरै गोल गर्नेलाई पुरस्कारको ब्यबस्था गरिएको बताए ।

जस अनुसार प्रथम हुने टिमले मेटल तथा ट्रफि सहित ५० हजार नगद पुरस्कार पाउने छ । त्यस्तै दृतिय र तृतियले क्रमस ३० हजार र २० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडी र सबैभन्दा धेरै गोल गर्नेलाई पाँच/पाँच हजार पुरस्कारको ब्यबस्था रहेको कुश्वारको भनाई छ । फेकन फुटसल प्रतियोगिताले विगतका तिता अनुभवहरुलाई भुलेर भाइचारको सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भुमिका खेल्ने फेकनका अध्यक्ष युवराज कटुवालले बताए ।