लागुऔषधसहित एक जना पक्राउ

सोमबार, ३० मंसिर २०७६

 

प्रहरीले इटहरी ९ स्थित बसपार्कबाट लागुऔषधसहित विकाश पोदारलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले एभिल ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल गरी जम्मा १ सय ५ एम्पुल र सोही झोलामा नाइट्रोसन ट्याब्लेट १ पत्तामा १० ट्याब्लेटको दरले ४ पत्तामा ४० ट्याब्लेट रहेको र सोही झोलामा नाइट्रोभेट लेखिएको १ पत्तामा १० ट्याब्लेटको दरले ६ पत्तामा ६० ट्याब्लेट बरामद गरेको थियो।

पोदारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।