नेकपा विधानको यी बुँदामाथि हुँदैछ संशोधन
नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी समितिको बैठकमा ८ बुँदे विधान संशोधन प्रस्ताव पेश भएको छ।
आइतबारबाट शुरु स्थायी समितिको बैठकमा पार्टीको बैचारिक कार्यदिशा, संगठित सदस्यता लगायतका विषयसम्बन्धी ८ बुँदामा संशोधन प्रस्ताव गरिएको हो।सो संशोधन प्रस्ताव महासचिव विष्णु पौडेलले समितिको बैठकमा पेश गरेका हुन्। संशोधनमाथि सोमबार शुरु भएको छलफलमा स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ।पार्टी कार्यालय धुम्बाराहीमा सोमबार विहानदेखि नेताहरुले महासचिव पौडेलको विधान संशोधन र अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राखिरहेका हुन्। सोमबार पहिलो खाजा समयसम्म ९ सदस्यले धारणा राखेका थिए।
यस्तो छ संशोधन प्रस्ताव
प्रस्तावनाको दोश्रो प्याराग्राफको सुरुमा ‘यस पार्टीको ।।। भन्ने विश्वास गर्दछ’ भन्ने वाक्याँशको सट्टा ‘यस पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हो।
तात्कालिक कार्यक्रम समाजवादउन्मुख जनताको जनवाद हो। यो पार्टी जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्न, समाजमा रहेका सबैखाले शोषण उत्पीडन र विभेदहरुको अन्त्य गर्दै समाजवाद स्थापना गर्न र मानव जातिको सबैभन्दा विकसित सामाजिक–आर्थिक व्यवस्था साम्यवादको दिशामा अघि बढ्न प्रतिबद्ध छ’ भन्ने उल्लेख गर्ने ।
प्रस्तावनाको तेश्रो प्याराग्राफमा ‘समाजवादको आधार निर्माण गर्न यस पार्टीको तात्कालिक लक्ष्य हो’ भन्ने वाक्याँशको सट्टा ‘समाजवादको आधार निर्माण गर्नु जनताको जनवादको मुख्य उद्देश्य हो’ भन्ने वाक्यांश उल्लेख गर्ने ।
धारा– १० को ‘ख’ ७ मा ‘संगठित सदस्यता प्रदान गर्न’ पछि ‘उपयुक्त कमिटीमा संगठित गर्न भन्ने’ वाक्यांश थप्ने।
धारा–३९ ९ग० को सट्टामा ‘सबै तहका कमिटीले एकता प्रक्रियालाई अघि बढाउन र योग्य, बरिष्ठ एवं सक्रिय कमरेडहरुलाई उपयुक्त जिम्मेवारी दिन कमिटीको कूल सदस्य संख्याको १० प्रतिशतमा नबढाई सदस्यहरु मनोननयन गर्न सक्नेछन्। प्रदेश, जिल्ला र सो मातहतका कमिटीहरुको यस्तो निर्णय एकतह माथिल्लो कमिटीबाट अनुमोदन भएपछि लागु हुनेछ’ भन्ने वाक्यांश राख्ने।
काठमाडौँ उपत्यकामा प्रदेशस्तरको विशेष कमिटीको व्यवस्था गर्ने। उपत्यका विशेष कमिटीको अधिकार र कर्तव्य प्रदेश कमिटी सरह उल्लेख गर्ने। उपत्यकाका विशेष जिल्ला कमिटीको मातहतमा शाखा कमिटी, प्रारम्भिक कमिटी र पार्टी सेल गठन गर्न सकिने व्यवस्था गर्ने।
केन्द्रीय कमिटीमा उपाध्यक्षको व्यवस्था गर्ने। उपाध्यक्षको अधिकार र कर्तव्य यसप्रकार उल्लेख गर्ने( ९क० अध्यक्षको अनुपस्थितिमा अध्यक्षको अधिकार र कर्तव्यको प्रयोग र पालना गर्ने ख अध्यक्षलाई सघाउने ग केन्द्रीय कमिटीले तोकेका अन्य कार्य गर्ने।
केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका अध्यक्षको मर्यादा स्थायी कमिटी सदस्य सरह उल्लेख गर्ने।
केन्द्रीय निकाय ९अनुशासन आयोग, लेखापरीक्षण आयोग, निर्वाचन आयोग, सल्लाहकार परिषद र ज्येष्ठ कम्युनिष्ट मञ्च० का अध्यक्षलाई केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटीको बैठकमा आमन्त्रण गर्ने।