गोकर्ण रिसोर्ट हत्याउन नेपाल ट्रष्टको बोर्डमा
काठमाडौं– पूर्वराजाबाट जफत साढे २१ हजार रोपनी जग्गा संरक्षण गर्ने नेपाल ट्रस्टको बोर्डमा यती समूहको सञ्चालन रहेको छ । यती एयर समूहको हेलिकप्टर व्यवसाय हेर्ने सञ्चालक नियुक्त हुनुको उद्देश्य योजनाबद्धरुपमा गोकर्णको २७९६ रोपनी जग्गा पकडमा लिनु हो ।
विदेशी पर्यटकलाई बिरामी बनाउने, हेलिकोप्टरबाट उद्धार गराउने, पैसा असुल्ने र देशलााई बद्नाम गराउने एयर अल्टिच्युडलाई पनि कारबाही गर्न पर्यटन मन्त्रालयबाट गठित समितिको सिफारिस गरिएको भएपनि कम्पनीका सञ्चालकलाई ट्रस्टमा सदस्यको जिम्मेवारी दिएको छ ।
यती समूहलाई कारबाहीको सट्टा नेपाल ट्रस्टको बोर्डमा जिम्मेवारी दिनु देशको हित होइन कम्पनीको स्वार्थ पूरा गर्ने मनपरी अवस्था हो । उक्त समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।