फिल्म ‘केजीएफ’ को दोस्रो च्याप्टरको फस्ट लूक

सोमबार, ७ पौस २०७६

एजेन्सी– फिल्म ‘केजीएफ च्याप्टर २’ को फस्ट लूक सार्वजनिक भएको छ । फस्ट लूकमा अभिनेता यश कुमारकेजीएफ च्याप्टर २लाई देख्न सकिन्छ । फूस्ट लूक हेर्दा रकी भाइको भूमिका निभाएका यश शासकको भूमिकामा भएको अनुमान गर्न सकिन्छ ।

यो फिल्ममा बलिउड अभिनेता सञ्जय दत्तको पनि शीर्ष भूमिका हुनेछ । फिल्मको अघिल्लो भाग खुबै रुचाइएको थियो । नेपालमा पनि फिल्मले ५१ औँ दिन मनाएको थियो ।

यो फिल्म हिन्दी, तमिल, कन्नड र तेलुगु भाषामा रिलिज भएको थियो । केजीएफ २’ लामो समयदेखि दर्शकमाझ प्रतीक्षित बनेको छ । फिल्म सन् २०२० मा रिलिज हुनेछ ।