गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै शिवम् सिमेन्ट, कारवाहीको सिफारिस
काठमाडौं – शिवम् सिमेन्टको उत्पादन गुणस्तरहीन रहेको पाइएको छ । शिवम् सिमेन्टका उपभोत्ताले गुणस्तरहीन सिमेन्ट विक्री गरी उपभोक्ता ठगेको तथा मानव स्वास्थ्यलाई समेत असर गर्ने वस्तु प्रयोग गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागमा उजुरी गरेपछि यस्तो रहस्य खुलेको हो ।
उपभोक्ताको उजुरीलाई लिएर विभागले सिमेन्ट उद्योगमाथि कारवााही अघि बढाएको छ । मापदण्डविपरीत सिमेन्ट विक्री गर्ने शिवम् सिमेन्टलगायतका विभिन्न उद्योगमाथि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाहीको प्रक्रिया अघि बढाएको छ । सिमेन्ट उद्योगले व्यवासयिक धर्म निर्वाह गर्नुको साटो उपभोक्ता ठग्दै लुटपाट मच्याएपछि विभाग आक्रामक बनेको हो ।
सिमेन्ट उद्योगले मनपरी गर्न थालेपछि संसदीय समितिमा पनि सांसदहरुले आवाज उठाउँदै आएका छन् । सांसदहरुले गुणस्तरीय उत्पादन नदिने उद्योगीलाई तत्काल कारवाही गर्न मागसमेत गरेका छन् ।
शिवम् सिमेन्ट लगायत अन्य सिमेन्टहरु मार्फत बनाइएका भवन अत्यन्तै कमजोर भएको भन्दै गुनासो बढेपछि विभागले अनुगमन थालेको हो ।
शिवम् सिमेन्टले सिमेन्ट जगतमा इतिहाँसमै पहिलो पटक अवार्ड पाएको भन्दै आफूलाई गौरवावित भएको भन्दै आफ्नो ब्राण्ड बढाइरहेको छ भने यता उपभोक्ताले असुरक्षित भएको भन्दै उजुरी गरिरहेका छन् । ‘क्यालिटीको मामलामा नो कम्प्रमाइज’ भन्ने नाराले चर्चामा आएको उक्त सिमेन्ट कम्पनीको गुणस्तरहीन उत्पादनले नाराको अपमान भएको छ ।
उपभोक्ताको उजुरीले शिवम् सिमेन्टले पैसा दिएर एनएस क्वालिटरुी अवार्ड जितेको हुनेसक्ने शंका गरिन थालिएको छ । आफ्ना कर्तुतहरु लुकाउनका लागि सिमेन्टले अवार्ड किनेको हुनसक्ने उपभोत्ताहरुले बताएका छन् । उसले आफ्नो गैरजिम्मेवारी पनलाई नसच्याए सिमेन्ट भित्रका अन्य कर्तुतहरुको एक एक गर्दै हामी प्रदाफाँस गर्दै जानेछौं ।