नियम उल्लंघन गर्ने २ हजार १३ जना चालक कारबाहीमा

बिहिबार, ९ माघ २०७६

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टाभित्रै ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १३ जना चालक कारबाहीमा परेका छन् ।

सडक र फुटपाथमा पार्किङ गर्ने २६५, लेन अनुशासन उल्लंघन गर्ने १६६, मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७७ र निषेधित स्थानमा हर्न बजाउने ६६ जना चालक कारवाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यही अवधिमा काठमाडौं उपत्यकामा भएका ३६ वटा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १६ जना सामान्य घाईते भएका छन् ।