आस्था राउतको बिषयमा बोल्दै कोमल ओली ,बिना अनुसन्धान प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गर्यो

मंगलबार, १४ माघ २०७६

 

काठमाडौँ -नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारवाही अगाडि बढाएको आरोप लगाएकी छिन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरिन्। “फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ”, सांसद ओलीले भनिन् “गैरकानूनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ, सामान्य भनाभनको विषय मात्र थियो, बिना अनुसन्धान प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ ।”