जेसीआई इमाडोलको अध्यक्षमा पत्रकार सोनितराज ढुंगेल निर्वाचित
काठमाडौं–जुनियर च्याम्बर इन्टरनेशनल (जेसीआई) इमाडोलको अध्यक्षमा पत्रकार सोनितराज ढुंगेल निर्वाचित भएका छन् । इमाडोल स्थित इन्द्रेणी बैँक्वेटको हलमा सोमबार भएको नवौँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमबाट ढुंगेलको नेतृत्वमा १० सदस्य कार्यसमिती गठन भएको हो ।

यस्तै कार्यकारीणी उपाध्यक्षमा कृती भट्टराई र इच्छा गुरुङ निर्वाचित भएकी छिन् भने उपाध्यक्षमा सन्जु कुइकेल, कृपा तिवारी, सुमी ढुंगाना, मेनुका बस्नेत निर्वाचित भएका छन् । उक्त हलबाट कानुनी सल्लाहकारमा राजु सुवेदी, महासचिवमा सुदन थापा, कोषाध्यक्षमा बिना दाहाल, तालिम संयोजकमा प्रकाश आचार्यलाई अध्यक्ष ढुंगेलले मनोनित गरेका छन् ।

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा नेपाल जेसीसमा पूर्व अध्यक्ष राजु केसी, एरिया सीका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष गोकुल सापकोटा, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सोभा खरेल, एरिया सीका राष्ट्रिय उपाध्यक्ष शिव प्रसाद भुसाल, राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेल, राष्ट्रिय उपाध्यक्ष राम बहादुर बोगटी, मातृशाखा सितापाइला जेसीसका अध्यक्ष अभिसेक दुलाल, वडाअध्यक्ष लक्ष्मण रोका लगायत जेसीससंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा जेसी रमा प्याकुरेल, जेसी विकाश मानान्धर, जेसी अमिश ढकाल र गौरीदेवी ढुंगानालाई सम्मान गरिएको थियो । कार्यक्रममा २०१९ की अध्यक्ष सावित्री ढुंगानाले २०२० नवनिर्वाचित अध्यक्ष सोनीतराज ढुंगेललाई सपथ ग्रहणसँगै जेसीज चेन हस्तान्तरण गरेकी थिइन् । यस्तै आफ्नो सपथ पश्चात अध्यक्ष ढुंगेलले आफ्नो कार्यसमितीलाई सपथ ग्रहण गराएका थिए । मेगा टेलिभिजनको शिक्षा विभाग प्रमुख रहेका ढुंगेल भवानी इन्टरटेडमेन्टका अध्यक्ष तथा शिक्षा उद्यमी पनि हुन् ।
