किन धेरै रोग जनावरबाट मानिसमा फैलिन्छ ?

शनिबार, १८ माघ २०७६

काठमाडौँ-विश्व कोरोना भाइरसको संक्रमणसँग लडिरहेको छ । चीनबाट शुरुवात भएको उक्त संक्रमण अहिले थुप्रै वटा देशहरुमा फैलिक्सकेको छ ।

नयाँ संक्रामक रोगहरूको प्रकोप सामान्यतया चरणगत रूपमा देखिन्छ । चीनको नयाँ भाइरसको घटना भने वन्यजन्तु बाट उत्पन्न भएको देखिन्छ, यसले जनावरबाट मानिसमा सर्ने रोग कति खातरनाक हुन्छ भन्ने बताएको छ । यस्तो घटना भविस्यमा हुने वातावरण परिवर्तन र भूमण्डलीकरण संगै मानव र जनावरको अन्तर्क्रियामा परिवर्तन हुनेछ ।

जनावरको कारण मानिस विरामी ?

पछिल्लो ५० वर्षमा छिट्टै संक्रमण हुने रोगहरू तीव्र गतिमा फैलिएको छ, यस्तो रोग जनावरबाट मानिसमा नयाँ रुप लिंदै सर्ने गर्दछ ।

सन् १९८० मा एचआईभि रोगको संकट बाँदरबाट मानिसमा संक्रमण फैलिएको हो, सन् २००४(२००७ एभियन फ्लू महामारी चराबाट फैलिएको हो, सन् २००९ मा सुँगुरबाट स्वाइन फ्लु सरेको थियो ।

हालसालै चमेरोबाट उत्पन्न भएको सिभियर एक्युट रेस्पिरेटरी सिण्ड्रम “सार्स” र ई(बोला भाइरसले थुप्रैको ज्यान लिएको थियो ।

प्राय घटनाक्रम हेर्दा जनावरबाट मानिसलाई प्राणघातक रोगहरु फैलिएको छ र प्रायजसो वन्यजन्तुबाट यस्तो रोग मानिसमा संक्रमण हुने गर्दछन् ।

वातावरण परिवर्तनको कारण यस्तो प्रक्रिया तिब्र गतिमा अगाढी बढीरहेको छ, अहिलेकोम बढ्दो शहरीकरण र अन्तराष्ट्रिय यात्राले गर्दा यस्तो रोगको संक्रमण फैलिन केहि क्षण पनि लाग्दैन ।

कसरी रोग एक प्रजातिबाट अर्कोमा सर्छ ?

प्राय जनावरहरुमा विभिन्न प्रकारका प्याथोजेन( ब्याक्टेरिया र भाइरस हुने गर्दछन् जसले रोग निम्त्याउछ । प्याथोजेनको विकासात्मक अस्तित्वको लागि नयाँ होस्टलाई संक्रमित गर्नु पर्दछ र अन्य प्रजातिहरूमा यो सर्ने प्रक्रिया नै हुन्छ ।

नयाँ होस्टको रोग प्रतिरोधात्मक प्रणालीले उक्त प्याथोजेनलाई नष्ट गर्ने कोशिश गर्छ यसमा यी दुवै प्रणाली एकअर्कालाई नष्ट गर्ने प्रयास गर्छन् ।

जस्तै सन् २००३ को सार्स महामारीमा संक्रमित मध्य १० प्रतिशत मानिसको मृत्यु भएको थियो, कुनैपनि साधारण फ्लु महामारीमा केवल ०।१ प्रतिशत मात्र हो ।

वातावरण र मौसम परिवर्तनको कारण वन्यजन्तुहरु आफ्नो बासस्थान, बाँच्ने आधार तथा खाना परिवर्तन गर्न बाध्य छन् ।

त्यस्तै मानिसले पनि आफ्नो जीवन शैली परिवर्तन गरेका छन्, विश्वको ५५ प्रतिशत जनसंख्या शहरमा बस्छन्, ५० वर्ष पहिला उक्त तथ्यांक ३५ प्रतिशत रहेको थियो ।

यस्तो ठुला शहरहरु वन्यजन्तुको लागी बासस्थानको रुपमा रहेका छन् जस्तै, मुसा, खरायो, रकुन्स्, लोखर्के, स्याल, बाँदर आदि ।

यी जनावरहरु पार्क, बगैंचा र फोहोर फालिने खुला ठाउँमा बाँच्न सक्छन् । धेरै जसो वन्यजन्तु शहरमा बाँचन सफल छन् किनभने त्यहाँ पर्याप्त मात्रामा खाना उपलब्ध हुन्छ त्यसैले पनि शहरहरु रोग फैलिने केन्दविन्दु बनेको छ ।

कसलाई सबैभन्दा धेरै खतरा छ ?

नयाँ होस्टमा भएको नयाँ प्रकार को रोग निकै खतरनाक हुन्छ त्यसैले पनि यस्तो महामारी गम्भीर विषय बन्दै गएको छ । कतिपय समूहमा यस्तो रोग छिट्टै सर्ने गर्दछ ।

शहरमा मजदुरी गर्ने गरिब मानिसहरु फोहोर सफा गर्ने काम गर्दछन् र तिनीहरुलाई यस्तो रोगले छिट्टै आक्रमण गर्दछ ।

पोषण र सरसफाइको कमिको कारण उनीहरुको रोगप्रतिरोधात्मक प्रणाली पनि कम्जोर हन्छ र यदी बिरामी परे भने आर्थिक स्थिति कमजोर भएको कारण स्वास्थ्य उपचार पनि गर्न सक्दैनन् ।

ठुला शहरमा संक्रमण बढ्ने सम्भावना थेरै हुन्छ, ठुलो जनसंख्या र लिमिटेड जग्गको कारण मानिसहरु गुम्सिएर बस्ने बाध्य छन् ।

कतिपय संस्कृतिमा जंगली जनावरको मासु सेवन गर्नु पर्ने चलन रहेको छ ।

रोगले मानिसको व्यवहारमा कस्तो परिवर्तन गर्छ ?

हाल सम्म ११ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको पाएको छ र दुई सय ५९ जनाले ज्यान गुमाएका छन् ।

यात्रा पूर्ण रुपमा बन्द भएको छ, भाइरस सर्ने त्रासले गर्दा मानसिहरु कुराकानी गर्न डराउँछन् जसले सबैको व्यवहारमा परिवर्तन भएको छ ।

सिमानामा जान नदिएको कारण मौसमी आप्रवासी कामदारहरू स्थान परिवर्तन गर्न सक्दैनन् र आपूर्तिमा अवरोध हुनेछन् ।

सन् २००३ मा सार्सको महामारीले छ महिनामा विश्व अर्थतन्त्रमा करिब ३० मिलियन पाउन्डको घाटा भएको थियो । यो केवल एउटा भाग मात्र थियो मानिसको आर्थिक गतिविधी नै ठप्प भएको थियो ।

अब के गर्न सकिन्छ ?

समाज र सकारको सहकार्यमा संक्रमण रोक्नको लागि आ(आफ्नो दायात्व लिनु जरुरी छ । मानिसले जति प्राकृतिक इकोसिस्टमलाई बिगार्ने काम गर्दछ त्यति नै नयाँ रोगहरु उत्पन्न हुने सम्भावना धेरै हुन्छ । अहिले सम्म विश्वको केवल १० प्रतिशत प्याथिजेनको बारेमा मात्र अध्ययन् भएको छ, अझ धेरै स्रोत र साधन सहित कस्तो जनावरमा कुन प्याथोजेन रहेको पत्ता लगाउनु पर्छ ।

कतिपय शहरमा बसोबास गर्ने मानिसहरु शहरमा भएका वन्यजन्तुलाई जोगाउन चाहन्छन् तर त्यसो गर्दा ध्यान पुर्याउनु पर्ने हुन्छ । शहरमा देखा परेका नयाँ वन्यजन्तु को बारेमा तथ्यांक राख्नु पर्दछ भने कसैले त्यसको उपभोग गरेको छ वा छैन भन्ने निगरानी राख्नु पर्छ । घरपालुवा जनावरलाई राख्ने ठाउँ सफा र सुरक्षित राख्नु पर्दछ जसले गर्दा संक्रमण बढ्न सक्दैन ।

महामारी भविष्यको एउटा भाग हो

वर्तमान परिस्थिति र नयाँ रोग उत्पन्न तथा फैलिएको अवस्था हेर्दा भविस्यमा महामारीले सधै मानिसलाई दुख दिने देखिन्छ । एक शताब्दी अगाडी स्पेनिस फ्लुले महामारी फैलिदा आधा बिलियन मानिस संक्रमित भएका थिए विश्वमा ५० देखि सय मिलियन मानिसको मृत्यु भएको थियो । वैज्ञानको प्रगति संगै स्वास्थ्य को लागि गरिएको ठुलो लागानीको कारण भविस्यमा यस्तो महामारी व्यवस्थित रुपमा रोक्न सकिनेछ । पछिल्ला शताब्दीको मध्यसम्म, पश्चिममा कसै(कसैले संक्रामक रोगहरू जित्ने दाबी गरे ।

पछिल्ला शताब्दीको मध्यसम्म, पश्चिममा कतिपय मानिसहरु संक्रामक रोगहरूलाई जित्न सकिने दावी गरेका छन् । तर जब शहरीकरण र असमानता बढ्दै जान्छ र जलवायु परिवर्तनले हाम्रो पारिस्थितिक प्रणालीलाई अवरोध पुर्याउछ, हामीले उदाउँदो रोगहरूलाई बढ्दो जोखिमको रूपमा पहिचान गर्नुपर्दछ ।