चितवन मेडिकल कलेजबाट पैसा लिएकोबारे अखिल क्रान्तिकारीद्धारा खण्डन (विजप्तिसहित)
काठमाडौं – विप्लव नेत्रृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले चितवन मेडिकल कलेजबाट संगठनले पैसा उठाएको कुरा भ्रमक भएको जनाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको टेलिफोन सवादलाई लिएर संगठनको बदनाम गरेको भन्दै अखिल क्रान्तिकारीले यसको खण्डन गरेको हो ।
अखिल क्रान्तिकारीका अध्यक्ष चीरन्जीवी ढकालले एक विज्ञप्ति जारी गर्दै संगठनकै पहलमा चितवन लगायतका मेडिकल कलेजमा आन्दोलन चलिरहेको र त्याहाँका शैक्षिक एजेण्डालाई आर्थिक लेनदेनसगँ साट्ने कल्पना पनि गर्न नसकिने बताएका छन् ।
अध्यक्ष ढकालले विज्ञप्तिमा कुनै पनि आन्दोलनलाई र अन्य कुनै पनि बिषयमा सम्झौता नगरिने बताएका छन् । पार्टीको बिचार, मुल्य, मान्यताबाट बिचलित र पार्टी विरुद्ध सुराकी गर्नेहरु केहीले नक्कली फेसबुक लगायत सामाजिक सञ्जालबाट पार्टी र नेतृत्व विरुद्ध योजनावद्ध रुपले षड्यन्त्र गरिरहेको भन्दै ओली सरकारका एजेण्टहरुलाई आन्दोलनले उचित समयमा उचित जवाफ दिने भन्दै अफ्वाह र भ्रममा नपर्न सबैमा अध्यक्ष ढकालले आग्रह गरेका छन् ।
हेर्नुहोस विज्ञप्ति
