स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु

आइतबार, १९ माघ २०७६

काठमाडौँ-शनिबार राती बाँकेमा बा १५ च ७४६१ नम्बरको स्कारपियोले ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

रातको १० बजेको समयमा स्कारपियोको ठक्करबाट गम्भिर घाइते भएका साइकलयात्रीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको पहिचान खुल्न बाँकी नै रहेको छ भने हाल उनको शवलाई मेडिकल कलेज मै राखिएको छ ।
उनलाई ठक्कर दिने चालकलाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ ।