प्रेरक प्रसंग : जब एक गीलास दुधले अस्पतालको बिल तिरियो !
काठमाडौं – एकपटक एकजना केटा एउटा ढोकाबाट अर्को ढोकामा सामान बेच्ने गर्थ्यो, एकदिन उसको कुनै पनि सामान बिकेन । तेजले भोक लागिरहेको थियो । उसले तय गरेछ कि अब ऊ जुन ढोकामा जान्छ त्यो सित खाना माग्छु । ढोका ढकढकाउने बित्तिकै एउटी केटीले ढोका खोलिन्, केटीलाई देखेर उ आत्तिएछ र खानाको ठाउँमा एक गिताल पानी मागेछ ।
केटीले बुझिसकेकी थिइन् कि केटा भोको छ । त्यसैले उनले एउटा ठूलो दूधको ग्लास लिएर आइन् । केटाले बिस्तारै, ं‘बिस्तारै दूध जम्मै पियो । कति रुपैया दिउ ? ‘केटाले सोध्यो ।’ ‘पैसा कुन कुराको लागि ?’ केटीले जवाफ मा फर्काइन्, ‘आमाले मलाई सिकाउनुभएको छ कि जब कसैलाई दया गर्छौ भने त्यो सित पैसा लिनुहुदैन ।’
‘त्यसो भए म तपाइलाई दिल देखि नै धन्यवाद दिन चाहन्छु ।’ भन्दै उ घरबाट निस्कियो ।
केही वर्षपछी त्यो केटी गम्भीर रुपले बिरामी पर्छिन । लोकल डाक्टरले उनलाई शहरको ठूलो अस्पतालमा उपचारको लागि पठाइदियो । विशेषज्ञ डाक्टर होवार्ड केल्लीलाई बिरामी हेर्नको लागि बोलाइयो । जब उनले त्यही केटीको नाम सुन्यो, उसको आँखामा उज्यालोपन आयो । ऊ जुरुक्क उठ्यो र केटीको रुममा पुग्यो, उसले त्यो केटीलाई एकैपटक चिनेछ । र तय गर्यो कि केटीको ज्यान बचाउनलाई उसले आकाश धरती एक गरिदिन्छ । उसको मेहनत र लगनमा रङ आयो र त्यो केटीको ज्यान बच्यो ।
डाक्टरले अस्पतालको अफिसमा गएर त्यो केटीको उपचारको बिल लियो । त्यो बिलको कुनामा एउटा नोट लेखेर त्यो केटीको हात मा पठाइदियो । केटी बिल देखेर आत्तिइन् । उनलाइ थाहा थियो त्यो बिरामी बाट त उनी बचिन् तर त्यो बिलको रकमले उनको ज्यान लिन्छ ।
फेरि उनले बिस्तारै त्यो बिल लाई खोलिन रकम लाई हेरिन् र फेरि अचानक उनको नजर पेनले लेखिएको नोटमा गयो । जहाँ लेखिएको थियो, ‘एक गिलास दूधद्वारा यो बिल को भुक्तान गरीसकिएको छ ।’ तल डाक्टर होवार्ड केल्लिको हस्ताक्षर थियो ।
खुशी र अचम्मले त्यो केटीको गालामा आँसु टप्कियो । उनले दुवै हात माथी उठाएर भनिन्, ‘हे ! भगवान तिमिलाई धेरै धेरै धन्यवाद । तिम्रो प्रेम मान्छेको दिलमा र हातमा थाहा छैन कहाँ – कहाँ फैलिसकेको छ ।”