प्रेरक प्रसंग : गुरुलाई सम्मान

मंगलबार, २१ माघ २०७६

काठमाडौं – पादपद्याचार्यजी गङ्गाको किनारमा गुरुसेवामा रहने गर्नु हुन्थ्यो । कपटक गुरुजी कहीँ जाने हुनुभयो ।

गुरुजी जान लाग्नुभएको देखेर पादपद्याचार्यजी चिन्तामा पर्नू भयो । शिष्यको चिन्ता देखेर गुरुजीले भन्नुभयो, ‘गङगाजीलाई मेरो रुप सम्झिनु ।’

गुरुको आज्ञा मानेर पादपद्याचार्यजी गङ्गालाई कहिल्यै पनि चरणले स्पर्श गर्नु हुन्थेन । पानी निकालेर मात्र स्नान गर्नु हुन्थ्यो । त्यहाँ भएका अरु महात्माहरुलाई यो एकदम नराम्रो लाग्थ्यो ।

गुरु भ्रमणबाट फकेपछि ती महात्माहरुले गूरुको अगाडि पादपद्याचार्यजीको गुरुभति थाहा थियो, त्यसैले गङ्गालाई गुरुरुप मानेर पाउले नछोएका भन्ने थाहा भइहाल्यो ।

पादपद्याचार्यजी एकदम दुविधामा पर्नुभयो । गुरुको कुरा मानौ गुरुको आज्ञाको उल्लङघन । पादपद्याचार्यजी यही चिन्तामा डुबिरहनुभएको बेलामा गङगामा कमलको फुल प्रकट भयो ।

पादपद्याचार्यजीले त्यही कमलको फुलमा टेकेर गुरुजीलाई गम्छा दिनुभयो । गुरुजीले त्यस्तो अपार गुरुभक्ति देखेर अङगालो मार्नुभयो र त्यही बेलादेखि उहाँको नाम पादपद्याचार्य नाम राखिदिनुभयो ।

गुरुभक्तिको प्रभाव ठुलो छ । वर्तमान समयका मान्छेहरु गुरुभक्तिको प्रभावको बारेमा जान्दैनन । जस्तो गुरु उस्तै चेला ।