निर्वाचनताका बोलेका सबै माग पुरा गर्दै कांग्रेस नेता खड्का
काठमाडौं – नेपाली काँग्रेसका नेता तथा सक्रिय समाजसेवी डम्बर खड्काले इलामको देउमाइ नगरपालिका–९ जितपुरको अति दुर्गम स्थान बोक्सीथुम्काका १३ घरमा विद्युतीकरणका लागि १२ सय मिटर कालोतार हस्तान्तरण गरेका छन् ।
बर्षौंदेखि अन्धकारमा रहेको उक्त गाउँमा राज्यको नजर नपरेको भन्दै नेता खड्काले आफ्नो निजी पहलमा विद्युत विस्तार गर्न कालो तार हस्तान्तरण गरेका हुन् ।
चुनावमा मत माग्न जाने क्रममा बस्तीमा विद्युतको अभावमा अध्यारो देखेपछि उज्यालो पार्ने प्रतिबद्धतालाई पुरा गर्न नेता खड्काले सानो सहयोग गरेको प्रतिक्रिया दिए । सोही प्रतिबद्धतालाई पूरा गर्न आइतबार नेता खडकाले बस्तीमा नै पुगेर कालो तार हस्तान्तरण गेका हुन् ।
टोल सभापति याम क्याप्छाकीको सभापतित्वमा भएको हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि रहेका नेता खड्काले आफुले निर्वाचनताका बोलेका सबै माग पुरा गर्दै जाने बताए । सो अवसरमा उनले कांग्रेसका कार्यकर्तालाई एकढिक्का भएर संगठनमा लाग्न आग्रह गरे ।
कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति गोबिन्द गिरी, शिक्षक संघका पूर्व अध्यक्ष तथा कांग्रेसका वडा सभापति कमल खनालले ब्यक्तिगत रुपमा चुनावमा पराजित भएपनि आफुले बोलेका सबैकुरा पुरा गरेकोमा नेता खडको खुलेर प्रसंशा गरका थिए ।