अजिता हत्या आरोपी १८ दिनमा पक्राउ

मंगलबार, २१ माघ २०७६

काठमाडौँ – माघ ४ गते बिहान हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ ।

उनी मृत फेला परेको १८ औं दिनमा हत्यामा संग्लन भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा ११ बस्ने २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा ४ की २४ वर्षीय आशिष बल, हेटौंडा(१४ कार्ष २१ वर्षीय बुद्ध लामा , हेटौंडा ९ का १८ वर्षीय सिमोन परियार र हेटौंडा ४ का २५ वर्षीय शुसिल थापा मगरलाई सार्वजनिक गरेको हो।

हेटौंडा ११ थानाभ्‍याङमा सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको ट्रक मृतक अजितासँग हत्यामा संग्लन ४ जनाले यौन सम्पर्क गर्ने सहमति गरेको अनुसन्धानमा खुलेको छ मकवानपुर प्रहरी प्रमुख शुसिलसिं राठौरले भने अजिताले पैसा नलिइ नछोड्ने भनेपछि विवाद हुँदा बिजुलीको तारले घाँटी कसेर हत्या गरी हेटौंडा ६ क्याम्डाडामा सडक किनारमा फालेको पत्ता लागेको छ

हत्यामा संग्लन हुनेलाई मुलुकी अपराध(संहिता)ऐन २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्गत कसुर गरेको हुँदा जन्मकैद समेत हुनसक्ने कानुनी प्रावधान रहेको छ ।

अजिताले बोक्ने मोबाइल अन भएपछि प्रहरीलाई अनुसन्धामा सहयोग भएको छ । अजिताको हराएको ओप्पो मोबाइल हत्यामा संलग्न परियारले बुद्ध लामालाई दिएको र बुद्ध लामाले साथी आशिषलाई दिएको अनुसन्धानबाट पत्ता लाग्यो मकवानपुर प्रहरी प्रमुख राठौरले भनेआशिषले आफ्नी श्रीमती एलिसालाई दिएपछि मोबाइल अन भयो र हामीले अनुसन्धानलाई त्यसतर्फ केन्द्रित गर्‍यौं  उनका अनुसार घटनामा संलग्न २ जना फरार रहेका छन्।

तेस्रो लिङ्गीको हकहितमा काम गर्दै आएको संस्था निलहिरा समाज (ब्लु डाइमण्ड सोसाइटी)ले हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरको छ।