चर्चमा प्रार्थना सकेर फर्कंदै गर्दा काठमाडौंमै एक युवती बलात्कृत
असोज ९, काठमाडौं – काठमाडौंको सिमलटार–६ स्थित अरुबारीमा २८ वर्षीया युवती बलात्कारको शिकार भएकी छिन् । गत भदौ ३० गते मध्यान्ह चर्चमा प्रार्थना सकेर फर्कंदै गर्दा सोलुखम्बु स्थायी घर भएका दावा तामाङले बोलाएर ग्रिल पसलमा लगेर बलात्कार गरेको बताईएको छ ।
‘बलात्कारमा संलग्न भनिएको सोलुखुम्बुका दावा तामाङलाई हामीले नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी वृत बौद्धका डिएसपी श्यामकुमार राईले भने, ‘अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’
आरुबारी स्थायी घर भएकी युवती मानसिक रुपमा सुस्त रहेको बताईएको छ । अभियुक्त दावा र युवतीबीच यसअघि सामान्य चिनजान रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।