प्रेरक प्रसंग : उद्येश्यविहीन जीवन खोक्रो छ

बिहिबार, २५ असार २०७७

काठमाडौं – महान भायोलिनबादक फ्रिट्ज क्रिस्लरलाई एक पटक कसैले सोध्यो, ‘तपाई कसरी यति राम्रो बजाउनु हुन्छ ? के तपाईँ भाग्मानी हो ?’ उनले उत्तर दिए यो अभ्यासको फल हो । यदि मैले एक महिनासम्म अभ्यास गरिन भने श्रोता अर्थात दर्शकले पहिलाको भन्दा फरक (नराम्रो) छ भन्न सक्छ । यदी मैल एक हप्ता अभ्यास गरिन भने मेरी श्रीमतीले नराम्रो भन्नेछिन । यदी मैले एक दिन अभ्यास गरिन भने आफै नराम्रो भइरहेको छ भन्ने थाहा पाउँछु ।

निरन्तर प्रयत्नशीलता प्रतिज्ञाको परिणाम हो । त्यसले हामीलाई निर्णयतातीर डोर्याउछ । सहनशीलतामा पनि आनन्द आउँछ । एथलेटिक्सका खेलाडीहरु आफ्नो बर्षाैको अभ्यास एक वा २ मिनेटको पर्दशनका लागि गर्दछन ।

निरन्तर प्रयत्नशीलता निर्णय हो । यो तपाईँले सुरु गरेको काम पुरा गर्ने प्रण हो । जब हामी थकित हुन्छौं, त्यागिदिनु राम्रो देखिन्छ । तर विजेताहरु थकानपनि सहन्छन । विजयी एथलेटिक्स खेलाडीलाई सोध्नुहोस् उसले पिडालाई सहेर आफू सुरु गरेको काम सकेको हुन्छ ।

धेरै असफल मान्छेहरु राम्रोसँग सुरु गर्छन तर केहीको पनि अन्त्य गर्दैनन् । उद्येश्यविहिन जीवन खोक्रो छ । उद्येश्यविहिन व्यक्ति चाँडो हार्दछ र कहिले पनि सन्तुष्ट हुँदैन ।