प्रेरक प्रसंग : केही मानिसको सोच किन पुरा हुँदैनन् ?

सोमबार, २९ असार २०७७

काठमाडौं – किन कोही मान्छेहरु आफ्ना लक्ष्यमा पुग्दैनन् तपाईँले कहिल्यौ सोच्नुभएको छ ? उनीहरु किन विपरित संकटपूर्ण परिस्थितिमा हारेको महसुस गर्दछन ? किन केही व्यक्तिहरु निरन्तर सफलता पाउँछन र केही अन्त्यहिन सफलता ? मानिसले खेलकुद, पढाइ र व्यापार लगायत जुनसुकै क्षेत्रमा कुनैपनि मूल्यवान उपलव्धि अनुशासनको कारणले मात्र प्राप्त गरेका हुन्छन ।

अनुशासनहिन व्यक्तिहरु धेरै थोक गर्ने कोसिस गर्छन तर केही पनि गर्न सक्दैनन् । केही कथित उदार विचारहरु उनुशासनहिनतालाई नै स्वतन्त्रता भनेर व्याख्या गर्दछन् । म प्लेनमा भएको वेला अनुशासित विमान चालकको आशा गर्दछु । उसले गर्नुपर्ने काम गरोस, उसले मनपर्दी काम नगरोस् भन्ने पनि आशा गर्दछु । ‘म विमान उडाउन स्वतन्त्र छु, मलाई विमान नियन्त्रण कक्षबाट के गर्ने भन्ने कुनै दर्शन जानेको व्यक्तिको चाहाना छैन ।’ भन्ने सोच राख्ने विमान चालक चाहान्न ।

स्थिरताको कमी अनुशासनको कमी हो । अनुशासनमा स्वनियन्त्रण, बलिदानी वाधा–व्यवधानहरु र लालचलाई हटाउन सक्ने गुणहरु हुनुपर्छ । यसको अर्थ कुनै कुरामा केिन्द्रत हुनु हो । बाफलाई जबसम्म एकै ठाउँ रोकेर राखिदैन तबसम्म इन्जिन चल्न सक्दैन । नियग्रा झरनालाई बाँध नबाँधी विजुल्ली निकाल्न सकिदैन ।

हामी सबैले खरायो र कछुवाको कथा सुनेका छौं । खरायोले आफ्नो कुद्ने गतिको घमण्डले कछुवालाई दौड प्रतियोगिताको चुनौती दियो । कछुवाले त्यस चुनौतीलाई स्वीकार गर्यो । उनीहरुले स्याललाई निर्णयक बनाए । दौड सुरु भयो र कछुवा विस्तारै हिडिरह्यो र खरायो एकदमै छिटो दगुर्यो ।

उसले चाँडै नै कछुवालाई धेरै पछाडी छोड्यो । उसले दौड जित्ने पूर्ण विश्वासले गर्दा एकछिन सुत्ने निर्णय गर्यो । जब उ बिउँझियो, दौड प्रतियोगिता सम्झियो र फेरी दर्गुन थाल्यो । तर कछुवाले अघिनै अन्तिम सिमानामा पुगेर दौड जित्यो ।

अन्धाधुन्ध प्रयासभन्दा अनुशासित भएर निरन्तर गरिएको प्रयास बढि महत्वपूर्ण हुन्छ ।