‘तपाईँ संसारको शक्तिशाली व्यक्ति हो’, त्यसैले पहिला आफूलाई चिन्नुहोस्
काठमाडौं – एउटा सानो परकाणुमा कति धेरै शक्ति लुकेको हन्छ , त्यो हामी दोस्रो विश्वयुद्दको अन्त्यतिर जापानको हिरोसिमा र नागासाकीमा परमाणु बमले गरेको विनाश हेरेर बुझ्न सक्छौँ ।
त्यति सानो परमाणुमा त्यति विशाल शक्ति लुकेको हुन्छ भने एउटा सिङ्गो मानिसमा कति शक्ति होला ? कल्पना गर्न पनि सकिँदैन । शक्ति लुकेर हुन्छ, यसलाई खोज्नुपर्छ ।
हामी सधैँ आफूसँग नभएको कुरामा रोएर समय बिताउँछौँ । हामीसँग के छ, त्यतातिर कहिल्यै ध्यान दिएका छैनौँ । हामीले आफूभित्र त्यो सुतेको अपार शक्ति कहिल्यै बुभm्ने प्रयास गरेको छैनौँ ।
तसर्थ पहिला आफूमा लुकेको शक्तिको पहिचान गर्नुहोस् । यो संसारको शक्तिशाली व्यक्ति तपाईँ हुनुहुनेछ ।