कर्फ्युकै बीचमा क्षमा पूजा

शुक्रबार, १९ भाद्र २०७७

काठमाडौं – रथ तान्ने क्रममा उत्पन्न विवाद साम्य पार्न ललितपुरको पुल्चोकमा आज रथयात्रा नगरी क्षमापूजा गरिएको छ।

बिहीवार रथ तान्ने क्रममा झडप भएपछि ललितपुर जिल्लाभर आज कर्फ्यु लगाइएको छ।

कर्फ्युकै बीच सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा क्षमापूजा गरिएको हो।

बिहान साढे ११ बाट क्षमापूजा शुरु भएको हो।

रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेको थियो।

बैठकले शुक्रवार क्षमा पूजा, भदौ २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ।

यसरी साइत हेरे पनि निस्किएको मिति ९सम्भवत भदौ २६ गते० मछिन्द्रनाथलाई बुंगमती लग्ने निर्णय गरिएको बुंगद्यस् जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्तिमार्फत जनाएका छन्।

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथ कोरोना महामारीका कारण पुल्चोकमा राखिएको महिनौ भइसकेको छ।