पूर्वसामाजिक विकास मन्त्री सोडारीद्वारा घोडाघोडिको हरिनगर प्रहरी पोस्टको उद्घाटन

बिहिबार, १ असोज २०७७

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका ७ हरिनगरमा अस्थायी प्रहरी पोस्टको स्थापना भएको छ । पोस्टको बिहिवार सुदुरपस्चिम प्रदेशका पूर्बसामाजिक विकास मन्त्री दीर्घ सोडारिले एक कार्यक्रमबीच उद्घाटन गरेका छन ।

उद्घाटन कार्यक्रम बोल्दै सोडारीले पोस्ट स्थापनाले नागरिकले सहजरुपमा सुरक्षाको अनुभुती दिलाउने बताए । उनले बढि जनघनत्वको आधारमा प्रहरीले शान्ती सुरक्षा प्रदान गर्न प्रहरी पोस्टहरुको क्षमता बडाउनु पर्ने बताए । सोडारिले प्रहरीले मात्रै शान्ति सुरक्षा कायम गर्न सम्स्या हुने भन्दै नागरिक सहयोग अनिवार्य हुनुपर्ने औल्याए ।

प्रदेशको निर्वाचन क्षेत्र प्रदेश सभा (ख) का सांसद अम्मर साउदले प्रहरीले नगरपालिका अन्य वडामासमेत पोस्टहरु स्थापना गर्नु पर्ने बताए । कार्यक्रममा नगर प्रमुख ममता चौधरी, कैलाली प्रहरी प्रमुख अनुपम सम्सेर राणा लगायतले शुभकामना दिएका थिए ।

नगर उपप्रमुख प्रेमा थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता वडा नम्बर ७ का अध्यक्ष धन बहादुर बमले गरेका थिए ।