काठमाडौं उपत्यकामा एकै दिन थपिए ८५९ कोरोना संक्रमित

शुक्रबार, २ असोज २०७७

काठामाडौं – काठमाडौं उपत्यकामा बिहीबार थप आठ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ६ सय ९८ जना, ललितपुर जिल्लामा ७९ जना र भक्तपुर जिल्लामा ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर बिहीबार दुई हजार २० जनामा संक्रमण देखिएको छ ।