कविता : संविधान ब्लड बैंकको रगत जस्तो होस्
संविधान
धार्मिक ग्रन्थ जस्तै होस्
सवैले घर घरमा राखुन
घर घर को झुन्डनै देस हो
०
संविधान
आकाश जस्तै होस्
थुप्रै वादलहरु अटुन
वादलहरुको झुन्ड झुन्ड नै आकाश हो
०
संविधान
गोरेटो गल्ली
र
चोरवाटो हुदै नआओस्
संविधान लोकमार्ग हुदै नआओस्
संविधान वाममार्ग हुदै नआओस्
संविधान जनमार्ग हुदै पनी नआओस्
संविधान त
राजमार्ग हुदै आओस्
वाम मार्ग
लोकमार्ग
जनमार्ग र प्रचलित मार्ग
सवैको मुल हो राजमार्ग
संविधान राजमार्ग हुदै आओस्
०
संविधान त
व्लड वैंकवाट लिएको
रगत जस्तै होस
ग्रहण गर्नेले
त्यो रगतको जात खोज्दैन
त्यो रगतको भाषा सोध्दैन
०
संविधानमा
कुनै एउटा रङ नहोस
सबै रङबाट मिश्रित रङ बनोस
र
रङ खोज्नेहरुले
त्यहाँ आफ्नो रङ देखुन
०
संविधान
बजिया नहोस
संविधान जार पुत्र जस्तो
र
व्यभिचारबाट उत्पन्न
हरामी जस्तो पनि नहोस
संविधान त
संस्कारयुक्त पाणिग्रहणबाट जन्मेको
सन्तान जस्तो होस
भोलि
त्यसको बैधानिकतामा
कसैले – समाजले – राष्ट्रले
चोर औल्ला नदेखाओस
सडकमा नारा जुलुस नगरोस
०
संविधान त
राष्ट्रलाइ सुमेरु बनाएर
सबैले मनन्थन गर्दै
अमृतको रुपमा आओस
देशबासीले अमृत सेवन गरुन
दुवै हातमा लड्डु होस
०
अहिले सबै संविधानलार्इ
पर्खेर बसेका छन
गाँउ गाँउमा बसेका छन
शहर शहरमा बसेका छन
यसरी पर्खदा पर्खदै
पर्खेर बसेको संविधान आउदा
साँझ नपरोस
अध्यारो नहोस
पर्खदा पर्खदै अध्यारोमा आयो भने
त्यो भुत भएर चै नआओस
नरपिचाश भएर चै नआओस
यस्ले नतर्साओस
आतंकित पनि नपारोस
त्यसको आत्मामा
प्रेत पसेर आयो भने
भुत भएर आयो भने
नरपिचाश भएर आयो भनेर
पर्खेर बसेकाहरुले
प्रेत भड्केको आत्मालार्इ
दाँहा संस्कार गर्लान
०
संविधान
वास्तवमै
सम – विधान भएर आओस
यो कविता निक्कै अगाडी
संविधान घोषणा हुनु पुर्व लेखिएको हो तर किन संविधान घोषणा पछि पनि मुलुक असान्त र किन बिछिप्त ? के संविधान यो कविताले भनेको बाटोबाट नआएर हो की ?
संविधान दिवसको सन्दर्भमा समसायिक लागेर पुनः प्रकाशन गरिएको हो ।