जीप पल्टिँदा दुई बालकको मृत्यु

सोमबार, ५ असोज २०७७

मकावानपूर – मकवानपुरको राक्सिराङ गाउँपालिका–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको ज्यान गएको छ ।

राक्सिराङ गाउँपालिका ३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबाको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।