काठमाडौंमा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार, ६ असोज २०७७

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या १३५६ पुगेको छ।

मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा ५११ जना, भक्तपुरमा ६३ जनार ललितपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।